बुद्ध तिमी आऊ
अशान्ति छ जताततै बुद्ध शान्ती छर्न आऊ ! दुखेको यो नेपाल लाई मलम पट्टी गर्न आऊ !! किन होला आफ्नै बिच आफ्नोपन छैन यहाँ ! आफ्नै बिच रहेको यो बैरी भाव हर्न आऊ !! अझै पनि काटमार ह्त्या हिंशा उस्तै नै छ ! बिबेकहीन मानवको सतबुद्दी भर्न आऊ !! आज भोली तिमीलाई भारत लान्छु भन्छन ! हुन्न त्यस्तो बुद्ध हाम्रो भागमा पर्न आऊ !! तिम्रै नामले चीनीएका छौ नेपाली हौ भनी ! मेची देखी महाकाली संगै संगै तर्न आऊ !!