गजल
ऐना सरी जिन्दगी यो फूटनु सम्म फुट्यो हेर ! टुक्रीएर दिल मेरो टूटनु सम्म टूटयो हेर !! नखाएको बिष पनि लाग्यो मलाई दोसी भए! तिम्रै कारण समाजले बाधी मलाई कुट्यो हेर !! नभएको कुरा लाएउ घाउ माथि नून थपेउ ! समयको असिना ले मलाई नै चुट्यो हेर !! सबको सामू मेरो शिर झुकाउनु पर्नेभयो ! चोखो निश्चल प्रीत पनि छीनभरमा छुट्यो हेर !!