म त शीत बादलको (गीत)
म त शीत बादलको फूलमा अनि पातमा झरे ! जून सगै लाहाडिदै जुनेलीको रातमा झरे !! बताससंगै लुकामारी खेल्न मन लाग्छ अचेल ! हराउदै बसन्तमा डुल्न मन लाग्छ अचेल !! आँचल ओंढी पाहाड्को चिसो चिसो सिरेटोमा ! तिमी संगै रमाउदै बोल्न मन लाग्छ अचेल !! म त माया गर्ने मान्छे मायालुकै जातमा झरे ! जून सगै लाहाडिदै जुनेलीको रातमा झरे !! खोकिलामा तिम्रो तस्बीर सजाएर राखेकोछु ! कोपिलाझै तिम्रो माया बचाएर राखेकोछु !! चुमेकोछु पलपल सुन्दर तिम्रो आकृतियो ! तिमीलाई हृदयमा लुकाएर राखेकोछु !! तिमीलेचुम्यौ औलाहरु अनी तिम्रो हातमा झरे ! जून सगै लाहाडिदै जुनेलीको रातमा झरे !!