साउन गीत

साउनको पर्व राम्रो हरियो चुरा हेर
 मेहेन्दिले हत्केलाको रुप रंग फेर

 हसिलो यो मुहारको हिस्सी कस्तो राम्रो
 प्यारी तिमि आँखा भित्र बसेकीछौ हाम्रो
 रुप तिम्रो सिगार्न लाइ नगर है बेर
 साउनको पर्व राम्रो हरियो चुरा हेर

 नयन तिम्रा गाजलु ति सारै मिठो बोलि
 हासी दिन्छौ खित्का छाडी हिर्दय नै खोलि
 बसेकी छौ यहि छाती यहि मुटु नेर
 साउनको पर्व राम्रो हरियो चुरा हेर

  @ नवशिला
 १ साउन २०७२ , मैतीदेवी परिसर

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई