(कविता ) असार 🌻 🌻 🌻 🌻 🌻 मलाइ थाहा छ छोरा जेष्ठ महिनामा मकै भाँचे पछी काले र हनुवा गोरु नारेर जोत्दै जादा लामा अनि तिखा मकैका ढोडहरुले काटेका तेरा खुट्टाका पैतालाहरु कति चहर्याउथे भन्ने कुरा - हिलाम्मे खेतमा पाकेको भदै धान असार महिनाको टन्टलापुर घाममा तैले ... देब्रे हातले काटेर एक एक मुठ्ठी आलिमा राखेर बिटो बनाउदै आली आली घरको आँगन सम्म पुग्दा ति धानका नरुवाले पासेका तेरा पिडुलाबाट चर्र चर्र बगेका रगतको अनुभव छ मलाइ - भदै धान काटे पछी त्यो नरुवा सहितको खेत जोत्दा हलोमा लागेको लुडीको गुजुल्टो फल्दा करुवाले तेरो पैताला तासेको बिर्सेको छैन यो बुबाले अनि बिर्सेको छैन त्यही लुडी उचाल्दा गानो सरेर काले डाक्टरको बाट झोल औसधी ल्याएर महिनौ खुवाएको तलाइ - मैले चोऔन्न सालमा अडतिस सय तिरेर बेलबारी हटिया बाट ल्याएका हलगोरुलाइ तैले जोत्न सिक्दै गर्दा असारको मध्यमा फाली लागे पछी झण्डै त्यस सा...
कविता ( प्रश्न ) एका बिहानै छोरी ले प्रश्न गरिन मामु म कसरी जन्मिए ? भनिसियोन प्लिज ! म कसरी जन्मिए ? आनन्द लाग्यो प्रश्न सुनेर अनि जवाफ खोज्न थाले म छोरी तिमि जन्मदा मलाइ प्रसव ब्यथा लागेको थियो तिम्रो बाबा मेरो आडैमा बसेर हाम्रो रहर को पिडालाइ खुशीका आखाँ ले शेयर गर्दै हुनुहुन्थ्यो हामी कति खुसी भा ' का थियौ ति सबै ब्यथा लाइ बिर्सेर - तिमि जब मेरो पाठेघरमा पलाउन थाल्यो मलाइ बार बार बमिट हुन्थ्यो तिम्रो बाबा मेरो निधार थामेर घण्टौ बस्नु हुन्थ्यो मेरो नजिकमा उहा आत्तिनु हुन्थ्यो म भने भित्र भित्रै रम्थे र मन मनै भन्थे तिमि न आउन्जेल यो बमिट आइरहोस अनि तिम्रो बाबा सगै हुनुहोस - तिमि पलाएको कुरा यकिन गर्न मेरो ठुलो पेट माथी क्यामेरा घुमाइयो अनि हेरियो तिम्रो लिङ र जात डाक्टर ले के चाहिएको छ भनेर सोध्दा तिम्रो दादा लाइ देखाउदै तिम्रो बाबाले एकै सासमा ...... छोरी ! भनेको सम्झना ताजै छ मलाइ जब तिमि छोरी हौ भन्ने यकिन भयो हामी ...
" सबै साथि हरु त्यो सुनथानको भुत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !" निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! " कँहा भुत हुनु सुनथानमा त्यहा त देउता पो बस्छन त बाबु ! हामी बर्षे पिच्छे त्यहा पुजा गर्न जान्छौ नि ! पोहोर त तँ पनि गएको थिइस नि बिर्सिस ?" आमाले उसलाई सम्झाउनु भयो ! निकेश पनि झोला बोकेर हतार हतार स्कुल तिर हिड्यो ! आज हरि , मैना र कपिल पनि उसलाई छाडेर गइसकेछन ! निकेश एक्लै हतार हतार दौडिन थाल्यो ! निकेशको घरबाट स्कुल पुग्न त्यस्तै पन्ध्र मिनेट लाग्थ्यो ! घर बाट पाच मिनेट जति हिडे पछी सुनथान आउथ्यो त्यहा बाट पाच मिनेट सुनथानको जंगल हिड्नु पर्थ्यो ! निकेश सधै त्यो बाटो हुदै साथि हरु संग स्कुल जान्थ्यो तर पहिले यस्तो कुनै पनि भुत सुतको कुरा सुनेको थिएन बरु घरमा बुबा आमाले सुनथानको देउता...
Comments
Post a Comment