तिहारको झिलिमिली
तिहारको झिलिमिली आकाश बत्ति बल्न थाल्यो ! गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !! ढक्क मक्क बारी भरि सयपत्री फुले होलान ! साथिसंगी देउशीभैली लिंगे पिंगमा भुलेहोलान !! मडारिएर गाउँको माया हुरी बनि चल्न थाल्यो ! गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !! सप्तरंगी टिका पोहोर लाकी थिइन् बैनी आइ ! रमाइलो भा'को थियो भेला भा'थ्यौ दाजु भाइ !! धिप्प धिप्प दियो जस्तै जिन्दागीयो गल्न थाल्यो ! गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !! "पाखेली" नवाशिला बाट (असोज २५ २०६७)