चुलिएर हाम्रो माया
चुलिएर हाम्रो माया हिउचुलिमा फुल्छ अचेल !
टल्कीएर ऐना सरि हिमालमा झुल्छ अचेल !!
तप्कीएर शितको थोपा जुनेलीमा आजभोली
मस्कीएर मन्द मन्द हस्छौ तिमि दिलखोली
बिहानीको उषा बनि मिर्मिरेमा खुल्छ अचेल !
चुलिएर हाम्रो माया हिउचुलिमा फुल्छ अचेल !!
सेतो रंग चादी जस्तो स्वच्छ कन्चन निर्मल
बगी रन्छ अविरल निरन्तर निर्झर्र
बनि भमरा फुल संगै हाम्रो माया भुल्छ अचेल !
बनि भमरा फुल संगै हाम्रो माया भुल्छ अचेल !
चुलिएर हाम्रो माया हिउचुलिमा फुल्छ अचेल !!
Comments
Post a Comment