तिमि मेरो आँखामा छौ मुटु भित्र तिमी (चलचित्रको लागी)

केटा:तिमि मेरो आँखामा छौ मुटु भित्र तिमी (चलचित्रको लागी)
       सजिएर बसेकी छौ बनि चित्र तिमी
केटि:तिमी मेरो जिन्दगि हौ मेरो खुसि तिमी
        छाति भित्र धड्की दिने ढुकढुकी नै तिमी

केटा:छोडेर जान्न अब कतै तिमीलाई एक्लोपारी 
       सजाउछु यो मनमा मुटुको धड्कन सरी

केटि:छोडेर नजाउ तिमि कतै मलाइ एक्लो  पारी
        सक्दिन बाच्न तिमि बिना हुन्छु म पागल सरी 

केटा:झरना झैँ झर्दछौ तिमिनै यो मनमा
       चिसो त्यो हावाले छोएझैँ जीवनमा
       रिमझिमे बर्षामा रुझेर हरपल
       बैश त्यो छाल्काउछौ तिमीले पलपल 

केटि:बसन्त बनेर फुल्छौ यो मनमा
       आखा त्यो लगाउछौ मेरो योवनमा
       ओठले चुमेर आँखैमा लुकाउछु
       मेरो यो दिल चोरलाइ मायाले फकाउछु 

केटा: कम्मर त्यो मर्काउदै मयुर झैँ नाच्दछौ
       मुस्कानको बर्साद गरि दिल खोलेर हस्दछौ
       देख्छु अचेल तिमिलाइ फुलहरुको डाली डाली 
      लैजान्छु म तिमीलाई  सिउदोमा सिन्दुर हाली

केटि: चरी झैँ भुरभुर गरि उड्न मन लाग्छ फेरी
        महकिन्छु बहारमा तिम्रो नै तस्बिर हेरी
        उडाउछ आंचल मेरो मस्त यो पवनले
        जिस्क्याउछ मडारिदै निलो निलो गगनले

केटि:फिक्का लाग्छ दुनिया तिमीलाई नदेख्दा  
        पागलझैँ  हुन्छु हजुर तिमीलाई नभेट्दा 
     
केटा:तिमीलाई छोडी म त एकछिन नि ओझेल हुन्न
        हाम्रो यो चोखो मायालाई कुनै तागत ले छुन्न


        
      
       


 


Comments

Popular posts from this blog

असार

गीत