मनको कुनामा चोलीको तुनामा (नेपाली चलचित्रको लागी)
केटा: मनको कुनामा चोलीको तुनामा
सजाउदेउ मलाइ लुकाउदेउ मलाइ
आखैमा राखेर पिरती साचेर
हसाउदेउ मलाइ मताईदेउ मलाइ
केटि: जुनेली रातमा राखेर साथमा
सम्हालिदेउ मलाइ अंगालिदेउ मलाइ
हिर्दयको माझमा गोधुली साझमा
हराइदेउ मलाइ लुटाईदेउ मलाइ
केटा: जब सुन्छन तिम्रो बात फक्रन्छन फुलपात
प्रितमा पग्लदै बहकिन्छु म हररात
फुलको बासमा संगीतको धुन मा
चिहाइदेउ परि झैँ रातको जुन मा
केटि: रहेर तिम्रो साथ् बिताउछु हररात
तिम्रै हु म प्रिय समाईदेउ मेरो हात
पाउजुको छम छम छुरीको छन् छन्
मिठो धुन बनिदेउ बजेर हरदम
केटा: खुल्छ यो आकाश तिमि हुदा आसपास
यो मनले तिमीमा नै गरेकोछ बिस्वाश
तिमि मंकी रानी हौ आखाकी नानि हौ
मायागर्ने मायालु मायाकै खानी हौ
केटि: तिमीले अगाल्दा बढ्यो मेरो धड्कन
हेरिरहु झैँ लाग्छ तिमीलाई नै हरक्षण
तिमि मेरो प्राण हौ तिमि जीवन साथि हौ
हिर्दयमा चढेको चोखो फूलपाती हौ
Comments
Post a Comment