तुवालो को घर हो सानु (गजल

माया भन्नु हुस्सु कुहिरो तुवालो को घर हो सानु !
टाल्दा टाल्दै भत्की जाने यो माटाको चर हो सानु !!


हैन भन्छु  चुपचाप फूलपाती ले पुजी रन्छौ !
भ्रम तिमीले सधै पुज्ने पिपल हैन बर हो सानु !!


मन्दिर धाइ पुजा लाइ भाकल गर्छौ घरि घरि !
बाच्नै जाबो हात थाप्नु यहि नै ठुलो डर हो सानु !!


आज महल एस आराम यसको पछी लागीरन्छौ !
भोलि सबले कुर्नु पर्ने कोशी को बगर हो सानु !!

बाचुन्जेल जात पात उच निच भन्ने गर्छौ !
मरे पछी सबको एकै खरानी नै थर हो सानु !!



















Comments

Popular posts from this blog

असार

गीत