(युगल गीत) बसन्त यो मग्मगायो

केटि: बसन्त यो मग्मगायो कोहिलीले गीत गायो
        ढकमक्क फुल्यो जोवन मनमा लाली छायो
केटा: पुर्णिमाको जुन हो कि तिम्रो रुप लाली
        पर्खी बस आउछु लिन तिमीलाई यसपाली 


केटि: बादल माथि बनाउला जुनताराको घर
केटा: तिमि पिपल छहारी हौ म बनौला बर  


केटि: तिम्रै नामको रातो सारी चुरा धागो लाउछु
        मेरो राजा हजुरलाई सिउदोमा सजाउछु
केटा: गोधुलीको किरण बनी आइ देउ साझमा
        अमर हुन्छ हाम्रो माया दुनियाको माझमा 


केटि: चम्कि दिनु मनमा तिमि शीत मोति बनी
केटा: साचेको छु सिन्दुर पोते तिम्रै लागी भनी  


केटि: आचल भरि हजुरलाई राखी र'न पाउ
        लुकाएर खोकिलामा बाधी र'न पाउ
केटा: सजाएर हिर्दय मा तिमीलाई राखी सके
        फूलपाती चडाएर देवी देउता भाकी सके 




    
       

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई