गीत (झुटो कसम)

सजाएर मनको थानमा जतिपुजा गरे पनि !
के नै सार हुन्छ हजुर बैगुनीको झुटो कसम !!
खोटो कर्म दुखि जीवन पिरतीले भरे पनि !
काडे तार हुन्छ हजुर बैगुनीको झुटो कसम !!

चोट रोपी माया कहाँ फलाउन सकिन्छर
मनको जरै काटी कहाँ पलाउन सकिन्छर !
पहिले घात गरि पछी प्रीतको अत्तर छरे पनि
चुलेसी धार हुन्छ हजुर बैगुनीको झुटो कसम  !!

दुनियामा आँसु पिइ प्यास मेट्न कसले सक्छ
भोलि के हुन्छ त्यो सब आजै देख्न कसले सक्छ !
पिडा दिइ मुटु भरि सयौ खोला तरे पनि
मनको कारागार हुन्छ बैगुनीको झुटो कसम !!


स्वर :...
संगीत : बिशाल शर्मा
शब्द : पाखेली










Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई