कविता (मेरो नेपाल) निकेशराज पोखरेल

लालिगुराश फुल्छ यहा फुल्छ सुनाखरी 
राखेको छु मेरो नेपाल मैले आँखै भरी !!
हराभरा चारै तिर   बुद्धको यो देश  
फरक रितिरिवाज छ फरक भाषाभेष   !
नेपालीले गर्ने सबलाई माया सराबरी   
राखेको छु मेरो नेपाल मैले आँखै भरी !!
चन्द्रसुर्य झन्डा मेरो सधै फर्फराउछ 
सुनाखरी बनै भरि सधै हर्हराउछ  !
सपनीमा मेरै देश देख्छु घरि घरि 
राखेको छु मेरो नेपाल मैले आँखै भरी !!

Comments

Popular posts from this blog

असार

गीत