हिमाल हाँसेको (कविता) निकेशराज पोखरेल

 
 
आहा कति राम्रो सेतो हिमाल हाँसेको !
हिमालको फेदमा डाँफे मुनाल नाचेको !!
 
तराइ पाहाड डाडा पाखा हरियो बनैमा !
चन्द्र सुर्य झण्डा मेरो बस्यो मनैमा !! 
बिहानी को डाको संगै भाले बासेको !
आहा कति राम्रो सेतो हिमाल हाँसेको !!
 
लालिगुराश सुनाखरी फुल फुलेको !
धानको बाला लहलह कस्तो झुलेको !!
चार वर्ण छतीस जातको माला गाँसेको !
आहा कति राम्रो सेतो हिमाल हाँसेको !!
 
निकेशराज पोखरेल
 
 

Comments

Popular posts from this blog

असार

गीत