जुवा बन्छ जीवन ! (गजल)

जवानी मा सबको जुवा बन्छ जीवन !
कोमल र मुलायन  रुवा बन्छ  जीवन !!

यसले पनि चाख्ने उसले पनि चाख्ने !
मिसावटी सस्तो खुवा बन्छ जीवन  !!

बैश सधै प्यासी मात्र खोज्छ पानी  !
पग्लिएर अनि कुवा बन्छ जीवन !!

भोकाएको पेट खान खोज्छ खाली !
अनि निरिह भै पुवा बन्छ जीवन !!

व्यहवारले गाज्छ कपाल झर्नथाल्छ !
बिस्तारै आमा र  बुवा बन्छ जीवन !! 

सबै  पराइ हुन्छन लाखापाखा लाग्छन !
अन्त्य मा त धुवा धुवा बन्छ जीवन  !!


Comments

  1. हइन सर के हो हामी पनि यसो लेख्न सिकाँै भनको कहिल्यै नसकिने भो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

असार

गीत