युगल गीत (नेपालि चलचित्रको लागि)
केटा: कान्छी ले दिएको मायाको चिनो हातमा रुमाल
परेनी मोरीको मायाजालैमा ..............आजकल
केटि: कान्छाले दिएको मायाको चिनोहातमा बाला
परेनी मोराको मायाजालैमा.......... आजकल
केटा: आँखामा गाजल ओठमा लाली गुन्यु र चोलीमा
केटि: म परे जालमा मायाको तालमा कान्छाको बोलीमा
केटी: नसालु मातले डसेउनि तिमीले पर्यौनी जालैमा
बनाउ बेहुली चढाउ डोली यो आउने सालैमा
केटा: तिमीले दे'को मायाको चिनो यो रातो रुमाल
बसेकी छौ नी हिर्दय भित्र तिमिनै हरपल
केटि: छाडदिन कान्छा बाधेर राख्छु यो चोली तुनामा
केटा: सजाकोछु है तिमीलाई कान्छी यो मनको कुनामा
केटि: सिन्दुर बनि यो मेरो शिरमा तिमिनै बसेउनी
केटा:यो मनको ज्योति हिरा र मोति प्रीतिको दरवार
जुर्ने भो लगन हुने भो बिहे बस्ने भो घरवार
केटि: सिन्दुर बनि यो मेरो शिरमा तिमिनै बसेउनी
बनेर धड्कन तिमिनै हरक्षण यो मनमा पसेउनी
केटा: उदायौ तिमि जुनघाम बनि पूर्वको लालिमा
केटि :म भए मख्ख सुनेर लट्ठ त्यो जादु बोलीमा
केटा: उदायौ तिमि जुनघाम बनि पूर्वको लालिमा
केटि :म भए मख्ख सुनेर लट्ठ त्यो जादु बोलीमा
Comments
Post a Comment