(कबिता) उकाला र ओकाला हरु........
मेरो सानो छोरो
मलाइ सोध्छ
बाबा !
उतर र दक्षिण मा के फरक छ ?
म छोरा लाइ हेर्छु
र हेर्छु उतर र दक्षिण तिर
निरुत्तरित भएर
उतर दिन्छु
बाबु !
उतर,उतर तिर हुन्छ
अनि
दक्षिण, दक्षिण तिर हुन्छ
अबोध प्रश्न
पुन तेर्सिन्छ
बाबा !
उतरमा के हुन्छ
अनि, दक्षिणमा ?
उत्तरी चिसा बाफहरु
जवाफ बनेर बर्शिन्छ्न
बाबु !
उतरमा पाहाड छ -दक्षिणमा मैदान,
पाहाडमा उकालाहरू र
मैदानमा ओकालाहरु
उकाला हरु
बाहिर हरिया र भित्र रशिला हुन्छन
ओकाला हरु
बाहिर त काला हुन्छन नै
भित्र पनि कालै हुन्छन
उकाला हरुमा
हामि चढीरहेका हुन्छौ
ओकाला हरु
हामीमाथि चढिरहेका हुन्छन
निरन्तर ...हिजो पनि आज पनि !!
छोरो ,
उतर र दक्षिण कतै नहेरी
आँखा चिम्म गरेर जिज्ञासा राख्छ
बाबा !
उकाला हरुमा हामि किन चढ़छौ ?
ओकाला हरु हामि माथि किन चढ़छन् ?
उतर कठिन लाग्छ
प्रश्न सुन्दा,
बाबु !
उकालो हाम्रो पहिचान हो
आस्था अनि बिस्वास
यिनै प्राप्तिका लागि
हामि उकाला हरु माथि चढ़छौ
तर
ओकाला हरु
संसार लाइनै संधै कालो देख्छन
अनि
बनाउन चाहान्छन आफु जस्तै
र चढ़छन् हामि माथि
वास्तविक संसारमा कतै
हरिया र रसिला उकाला हरु
बाकि छन् कि भनेर !!!
Comments
Post a Comment