Posts

Showing posts from August, 2011

(युगल गीत) बसन्त यो मग्मगायो

केटि: बसन्त यो मग्मगायो कोहिलीले गीत गायो         ढकमक्क फुल्यो जोवन मनमा लाली छायो केटा: पुर्णिमाको जुन हो कि तिम्रो रुप लाली         पर्खी बस आउछु लिन तिमीलाई यसपाली  केटि: बादल माथि बनाउला जुनताराको घर केटा: तिमि पिपल छहारी हौ म बनौला बर   केटि: तिम्रै नामको रातो सारी चुरा धागो लाउछु         मेरो राजा हजुरलाई सिउदोमा सजाउछु केटा: गोधुलीको किरण बनी आइ देउ साझमा         अमर हुन्छ हाम्रो माया दुनियाको माझमा  केटि: चम्कि दिनु मनमा तिमि शीत मोति बनी केटा: साचेको छु सिन्दुर पोते तिम्रै लागी भनी   केटि: आचल भरि हजुरलाई राखी र'न पाउ         लुकाएर खोकिलामा बाधी र'न पाउ केटा: सजाएर हिर्दय मा तिमीलाई राखी सके         फूलपाती चडाएर देवी देउता भाकी सके              

गीत (झुटो कसम)

सजाएर मनको थानमा जतिपुजा गरे पनि ! के नै सार हुन्छ हजुर बैगुनीको झुटो कसम !! खोटो कर्म दुखि जीवन पिरतीले भरे पनि ! काडे तार हुन्छ हजुर बैगुनीको झुटो कसम !! चोट रोपी माया कहाँ फलाउन सकिन्छर मनको जरै काटी कहाँ पलाउन सकिन्छर ! पहिले घात गरि पछी प्रीतको अत्तर छरे पनि चुलेसी धार हुन्छ हजुर बैगुनीको झुटो कसम  !! दुनियामा आँसु पिइ प्यास मेट्न कसले सक्छ भोलि के हुन्छ त्यो सब आजै देख्न कसले सक्छ ! पिडा दिइ मुटु भरि सयौ खोला तरे पनि मनको कारागार हुन्छ बैगुनीको झुटो कसम !! स्वर :... संगीत : बिशाल शर्मा शब्द : पाखेली

सुनथानको भुत (बाल कथा)

  " सबै साथि हरु त्यो सुनथानको भुत ले के के काम लगायो पढ्न पनि लगायो   भन्छन ! म त एक्लै स्कुल जान्न आमा !" निकेशले आमालाई स्कुल नजाने कुरा बतायो   ! " कँहा भुत हुनु सुनथानमा त्यहा त देउता पो बस्छन त बाबु ! हामी बर्षे   पिच्छे त्यहा पुजा गर्न जान्छौ नि ! पोहोर त तँ पनि   गएको थिइस नि बिर्सिस ?" आमाले उसलाई   सम्झाउनु भयो ! निकेश पनि   झोला बोकेर हतार हतार   स्कुल तिर हिड्यो   ! आज हरि , मैना र कपिल पनि उसलाई   छाडेर गइसकेछन ! निकेश   एक्लै हतार हतार दौडिन थाल्यो   ! निकेशको घरबाट स्कुल पुग्न त्यस्तै पन्ध्र मिनेट लाग्थ्यो ! घर बाट पाच मिनेट जति हिडे पछी सुनथान आउथ्यो त्यहा बाट पाच मिनेट सुनथानको जंगल हिड्नु पर्थ्यो ! निकेश सधै त्यो बाटो हुदै साथि हरु संग स्कुल जान्थ्यो   तर पहिले यस्तो कुनै पनि भुत सुतको   कुरा सुनेको थिएन   बरु घरमा बुबा आमाले सुनथानको देउता...