लेख्दा लेख्दै हिजो आज मेरो हातै गजल भयो ! साथी भाई संग गर्ने मेरो बातै गजल भयो !! जहाँ जौऊ उतै तिर पिरती को हावा चल्छ ! बगैचा मा फुल्ने फुल अनि पातै गजल भयो !! मोहनी त्यो मुस्कान ले छाती भित्र डसे पछी ! सोमरश हैन प्रित को मिठो मातै गजल भयो !! जता ततै किन होला शायेर हरुको भिड अचेल ! आज भोली मैले खाने दाल भातै गजल भयो !! सबै भनछन आज भोलि त त गजलकार भइस ! त्यसैले ल त लाग्छ अचेल मेरो जातै गजल भयो !! See More